मंगलबार, जेठ ८, २०८१

पृथ्वीजस्ता कति ग्रह छन् ?

नेपालखोज २०७८ चैत १६ गते १८:४९

काठमाडौं । खगोलविदहरुले हाम्रो छिमेकी सौर्य मण्डल प्रोक्सिमा सेन्टोरीमा पृथ्वी जस्तै एउटा ग्रह पत्ता लगाएका छन । यसलाई उनीहरूले ठूलो उपलब्धि पनि बताएका छन् । सौर्य मण्डलमा मानव बस्न लायक ग्रह फेला परे मानव जातिकै भविष्य बदलिने छ । त्यसैले अनुसन्धानकर्ताहरुको यसमा विशेष ध्यान छ ।

युरोपियन सदर्न ओबर्जभेटरी (ईएसओ) ले प्रोक्सिमा सेन्टोरीको ताराको चक्कर लगाइरहेको एउटा ग्रह पत्ता लगाएका छन् । जसको स्थिति पृथ्वी जस्तै छ । यस किसिमका तीनवटा ग्रह छन् । कुनै पनि ग्रहलाई पृथ्वीजस्तो तब मात्र भनिन्छ जब त्यसको तापमान, ग्राभिटी तथा वातावरणजस्तो परिस्थिति एवं पानीको सम्भावना आदिले त्यहाँ जीवनलाई सम्भव बनाउँछ ।

विशाल टेलिस्कोपबाट खोज
खगोलविदहरुले उक्त ग्रह चिली स्थित वेरी लार्ज टेलीस्कोप (VLT) को मदतले खोजेका हुन् । प्रोक्सिमा सेन्टोरी सूर्यको सबैभन्दा नजिकको तारा हो जुन चार प्रकाश वर्ष टाढा छ ।

नयाँ ग्रहको खोज अक्सर पृथ्वीमा भएका टेलीस्कोप बाट हुन सक्दैन । यसका लागि अन्तरिक्षमा भएका टेलीस्कोपको प्रयोग प्रभावकारी हुन्छ । केपलर अन्तरिक्ष यान २००९ देखि यहि काममा लागेको छ ।

केपलरले नै एउटा एक्जोप्लेनेट अर्थात हाम्रो सौर्य मण्डल बाहिरक‍ो नयाँ ग्रह फेला पारेको हो । यो एक्जोप्लेनेट , केपलर – १८६ एफ , ५०० प्रकाश वर्ष टाढा छ । यसले केपलर-१८६ नामको सानो खालको सुर्यको चक्कर लगाउँछ । त्यसको तापमान पानीको उपस्थितिका लागि उपयुक्त भए पनि त्यहाँ पानी छ कि छैन भन्ने कुरा पत्ता लाग्न सकेको छैन ।

कस्ता हुन्छन बाह्य-ग्रह
हाम्रो सौर्य मण्डलभन्दा बाहिर भएका ग्रहहरुका बारेमा प्रयाप्त जानकारिको अभावमा केही भन्न गारै छ । यस बिषयमा अहिले अनुमान लगाउने काम नै बढि भएको छ । १८६ एफका बारेमा बैज्ञानिकहरुको मदतबाट कलाकारले काल्पनिक तस्वीर तयार पारेका छन ।

यो बाह्य-ग्रह लिरा तारा मण्डलमा छ जुन पृथ्वी बाट १,२०० प्रकाश वर्ष टाढा छ । वैज्ञानिकहरु त्यहाँ पृथ्वीको जस्तै महासागर भएको विश्वासमा छन् ।

केपलर – ६२ एफ पृथ्वी भन्दा १.४ गुणा ठुलो छ भने केपलर- ६२ इ पृथ्वी भन्दा १.६१ गुणा ठुलो छ । यी दुबै ग्रहको परिस्थिति अनुसार त्यहाँ प्राणिको जीवन सम्भव छ । एउटा अर्को बाह्य-ग्रह छ केपलर- १६ बि जसले दुईवटा सुर्यको चक्कर लगाउँछ । यसको अर्थ के हो भने यदि त्यहाँ जीवन छ भने त्यहाँका बासीन्दाले प्रतेक दिन दुईवटा सुर्योदय तथा दुईवटा सुर्यास्त देख्न पाउँछन् । यद्यपि त्यहाँ जीवनको सम्भावना कमै भएको बताइन्छ ।

प्रतिक्रिया