नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिह्न प्रदान गरिँदै
नेपालखोज
२०७९ वैशाख १९ गते ९:१८

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले आज दज्र्यानी चिन्ह लगाउँदै छन् । गृहमन्त्रालयले सोमबार बिहान महानिरीक्षक सिंहलाई दज्र्यानी चिन्ह प्रदान गर्ने भएको हो ।
महानिरीक्षक सिंहलाई गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेले दज्र्यानी चिन्ह लगाउने कार्यतालिका रहेको छ । सरकारले आर्इतबार सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो ।
तर वरियताका क्रममा आफूभन्दा कनिष्ठ रहेका सिंहलाई सरकारले महानिरीक्षक बनाएको भन्दै द्वय एआईजी विश्वराज पोखरेल र सहकुल थापा भने असन्तुष्ट छन् ।
सम्बन्धित

प्रतिक्रिया