बिहीबार, जेठ ३, २०८१

सुन-चाँदीकै भाउ घट्याे

नेपालखोज २०७९ वैशाख १९ गते १०:५१

काठमाडौं । नेपाली बजारमा आज साेमबार सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ८ सय रूपैयाँले घटेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजावी सुनको मूल्य पनि ८ सय रूपैयाँले घटेको छ । आज तेजावी सुन ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य आज १० रूपैयाँले घटेको छ । आज चाँदी १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी १३ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया