आइतबार, जेठ ६, २०८१

युनाइटेड इन्स्योरेन्सलाई थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड

नेपालखोज २०७९ वैशाख १९ गते १४:०५

काठमाडौं । भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेकोे एसिया स्तरको थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एन्ड अवार्डस् २०२१ मा नेपालको बेस्ट जनरल इन्स्योेरेन्स कम्पनी अफ दी एयर अवार्डबाट युनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लिमिटेड सम्मानित भएको छ । उक्त अवार्ड ग्रहण गर्न कम्पनीको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल उक्त कार्यक्रममा उपस्थित भएकी थिइन् ।

विश्व विख्यातप्राप्त चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पी. डब्लु. सीले स्वतन्त्र रुपमा मूल्यांकन गर्दा विभिन्न वित्तीय सूचाकांकहरूमा उत्कृष्ट कार्यसम्पादन गर्न तथा निर्जीवन बिमा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिन सफल युनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लिमिटेडले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । कम्पनी सञ्चालनको २८औं वर्षमा कम्पनीले गत एफवाई २०२१ मा सर्वप्रथम एक अर्ब क्लबमा आफूलाई सामेल गराउन सफल भएको थियो ।

कम्पनीलाई सफलताको दिशामा अग्रसर गराउन सफल प्रमुख कार्यकारी अधिकृत पौडेलले इन्डियन चेम्बर अफ कमर्सलाई धन्यवाद दिँदै उक्त सफलता हात पार्न साथ दिने कम्पनीको सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समिति, सेयरधनीहरू, ग्राहकहरू, नियामक निकाय बिमा समिति तथा कोभिडको समयमा समेत अहोरात्र मिहिनेत गर्ने आफ्ना कर्मचारी साथीहरू तथा सञ्चारजगतलगायत सबैमा कृतज्ञतासहित हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा समेत सबैबाट साथ र सहयोग प्राप्त गर्ने आशा तथा विश्वास व्यक्त गरे ।

प्रतिक्रिया