सरकारका गल्ती कमजोरी थाहा पाए पनि कार्यान्वयन गर्न सकिएन : टंकमणि शर्मा

नेपालखोज २०७९ वैशाख २० गते १७:०५

काठमाडाैं । महालेखा परिक्षक टंकमणी शर्माले पछिल्लो समय मुलुकमा आर्थिक सुशासन हुन नसकेको बताएका छन् । काठमाडौंमा मंगलबार सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा महालेखापरिक्षक शर्माले मुलुकमा पछिल्लो समय आर्थिक सुशासन हुन नसक्नुमा राष्ट्र सेवकदेखि राजनीतिक व्यक्तित्व र व्यवसायीहरु समेत दोषी रहेको बताएका हुन्।

उनले हामीले सरकारले गरेका कामको विषय वा गल्ती कमजोरी थाहा पाए पनि कार्यान्वयन गर्न नसकिएको बताए । महालेखापरिक्षक शर्माले मुलुकमा आर्थिक अनुशासन नहुनु, जनताले सुशासनको प्रत्याभूति हुन नसक्नु, भष्ट्रचार बढ्नु, अनियमिता हुनु कुनै एक क्षेत्र मात्रै दोषी नभए समग्र क्षेत्र दोषी रहेको जिकिर गरे । नेपाली समाजले अहिले विकास निर्माण, शिक्षा, स्वाथ्य , रोजगारी, राज्य वा सरकारले आफ्नो शासकिय भूमिका पूर्ण रुपमा निवार्ह गरी पारदर्शिता, जवाफदेहिता, भष्ट्रचारमुक्त र मुद्राको सार्थकता खोजेको महालेखापरिक्षक शर्माको भनाई छ ।

उनले नेपाली लेखा परिक्षक अन्तराष्ट्रिय लेखा व्यवसायीहरुले पत्याउन योग्य बन्नु पर्ने आवश्यकता रहेको बताए । सुधारको काम गर्न चाहे हुने भन्दै यो वर्षको स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगसँग समन्वय स्थानीय तहका कुनै पनि व्यक्तिले उम्मेद्वार हुदाँ सरकारी राजश्व बाँकी, बेरुजु भए तिर्नूपर्ने आचार संहिता बनाउँदा देशैभरबाट धेरै पैसा उठेको उनको भनाई छ ।

उनले भने, ‘ सरकारको कामकारबाही र विश्लेषन गर्ने सबैको हामीले स्वीकार गर्ने विषय छ । समस्यामा हामी सहमत भएका छौं समाधान पनि हामीसँग छ । तर हामीले कार्यन्वय गरिरहेका छैनौं । आमी आफै भनिरहेका छौं मुलुकमा आर्थिक अनुशासन भएन । सुशासनको प्रत्याभूति हुन सकेन । भष्ट्रचार बढ्यो, अनियमिता बढ्यो । सबै तिर विकृति र विसङगति झाँगियो । दोष कुनै एक क्षेत्रको मात्रै छैन ।’ त्यस्तै महालेखापरिक्षक शर्माले लेखा परिक्षकहरुले लेखा परिक्षण गर्दा राम्रो कुराको संकलन गर्ने नगरेको बताए । उनले सबै मिलेको कुरा लेखा परिक्षणमा लेख्नु नपर्ने बताए ।

शर्माले भने, ‘ लेखा परिक्षकहरुले राम्रो कुरा संकलन गदैनौं । धेरै प्रबुद्धहरुले कहिले कँहि सोध्नुहुन्छ । तपाईको रिर्पोट पढ्यो भने नेगेटिभ मात्रै छ । जहिल्यै नमिलेको कुरा मात्रै लेख्नु भएको छ । परिक्षणमा मिलेको कुरा किन लेख्ने ? मिलेको कुरा मिलि हाल्यो नी ? नमिलेको कुरा परिक्षण प्रतिवेदनमा लेख्ने हो । लेखा परिक्षण भनेको परिक्षण गर्दा नमिलेको कुरा मात्रै लेख्ने हो । मिलेको कुरा लेख्ने होइन । लेख्नु पर्ने छोटो हो । हुन्छ लामो । प्रगति राम्रो काम हेर्‍यो भने २ वा ५ पेज हुन्छ । बिग्रेको कुराहरु निकाल्यो भने सिङगै पेज हुन्छ । यहाँ सुधार गर्नु पर्ने देख्छु ।’ महालेखापरिक्षक शर्माले लेखा परिक्षण भनेको परिक्षण गर्दा नमिलेको कुरा मात्रै लेख्ने भएको बताए ।

प्रतिक्रिया