शनिबार, जेठ ५, २०८१

महालक्ष्मीको बिर्तामोड शाखा स्थानान्तरित, थप गुणस्तरीय सेवा प्रदान गर्ने

नेपालखोज २०७९ वैशाख २० गते १७:२६

काठमाडौं । महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा हाल रहेको स्थान मुक्तिचोकबाट करिव २०० मिटर दक्षिण भद्रपुर रोडमा स्थानान्तरण भएको छ ।

मंगलबार आयोजित एक विशेष कार्यक्रमकाबिच उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा यस बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र झापा जिल्ला उद्योग बाणिज्य संगका अध्यक्ष प्रकाश शिवाकोटीले गरेका हुन् । शाखाको उद्घघाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा पाल्नु भएकाहरुलाई यस बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले कृतज्ञता ज्ञापन गरे ।

बैँकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिविधिहरुबारे प्रकाश पारे । उनले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्यरुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । यस शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक भरत प्रसाद खतिवडाले जनाएका छन् ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दे आईरहेको छ ।

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्ेश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको दावी पनि बैंकले गरेको छ ।

प्रतिक्रिया