थारु समुदायका महिला जितिया पर्व मनाउँदै
काठमाडौं । आज थारु समुदायको मुख्य चाँड जितिया पर्व मनाइदैछ । आज जितियाको दोस्रो दिन अर्थात् मुख्य दिन । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष भने खासै उल्लास छै्न् ।
कोरोनाको प्रकोपका कारण थारु महिला घरमै बसेर जितिया मनाइरहेका छन् । सामूहिक रुपमा झाम्टा नाँच नाच्दै गाउँदै जितिया मनाउने उनीहरु यसवर्ष घरमै बसेका छन् ।
यस वर्ष चितवनका थारु समुदायले सामूहिक भेला नगरी चाडपर्व मनाउने निर्णय गरेपछि महिला घरमै जितिया पर्न मनाइरहेका छन् । थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी, पश्चिम र माडी क्षेत्रमा जितिया मनाइन्छ ।
थारु कल्याणकारिणीसभा (थाकस) चितवनले जितिया मानाउन कार्यविधिसमेत बनाएको छ । कोरोनाको सङ्क्रमणबाट समुदायलाई जोगाउँदै चाडपर्वको रक्षा गर्न घरमै बसेर चाडपर्व मनाउने निर्णय गरिएको थारु कल्याणकारिणीसभा जिल्ला कार्यसमिति चितवन सभापति ललितकुमार चौधरीले बताए ।
प्रतिक्रिया