एआईजी पोखरेलले दर्ता गरेको रिटमाथिकाे सुनुवाइ आज

नेपालखोज २०७९ वैशाख २१ गते ९:४१

काठमाडाैं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहको नियुक्ति बदरको माग गर्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दर्ता गराउनुभएको रिटको आज सुनुवाई हुँदैछ ।

एआईजी पोखरेलले वरिष्ठता र ज्येष्ठता मिचेर कनिष्ठलाई आईजीपी बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । वैशाख १८ गते बसेको मन्त्रिपरिषद्ले सिंहलाई आईजीपीमा नियुक्ति गरेको थियो ।

प्रतिक्रिया