मंगलबार, वैशाख १६, २०८२

रातो मच्छिन्द्रनाथको रथ तानिँदै

नेपालखोज २०७९ वैशाख २१ गते ९:३३
फाइल तस्बिर

काठमाडाैं । आजबाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुँदैछ । आज पुल्चोकबाट रथ तान्न शुरु गरिनेछ । रातो मच्छिन्द्रनाथको रथयात्रालाई ललितपुरको सबैभन्दा लामो जात्रा मान्ने गरिन्छ ।

रथलाई जात्रा अवधिभर ललितपुरको टोल टोल घुमाउने प्रचलन रहेको छ । सर्वसाधारणले यस जात्रामा आफन्तलाई बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन् ।

यो जात्रा वैशाख महिनाको शुक्लपक्ष अन्तर्गत प्रतिपदादेखि असार शुक्ल चौथीसम्म करिव दुई महिना मनाउने गरिन्छ ।

प्रतिक्रिया