बिहीबार, जेठ ३, २०८१

सुनचाँदीकै मूल्य स्थिर

नेपालखोज २०७९ वैशाख २१ गते ११:००

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीकै भाउ स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन मंगलबार पनि ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि स्थिर रहेकाे छ । आज तेजावी सुन ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन ९७ हजार ७ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि स्थिर रहेकाे छ । आज चाँदी १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजाे पनि चाँदी १२ सय ९० रूपैयाँमा नै काराेबार भएकाे थियाे ।

प्रतिक्रिया