बस दुर्घटनामा १६ जनाको मृत्यु

नेपालखोज २०७९ वैशाख २१ गते १३:५९

किएभ । युक्रेनमा मंगलबार भएको बस दुर्घटनामा १६ जनाको ज्यान गएको छ । पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुवाहक बस र इन्धन बोकेको ट्रक आपसमा ठोक्किएका थिए ।

त्यस क्रममा बसमा रहेका १६ जना यात्रुको मृत्यु भएको थियो भने अरु ६ जना घाइते भएका थिए । स्थानीय समयानुसार मंगलबार साँझ ७ः२० मा सो दुर्घटना भएको युक्रेनको प्रहरीले जनाएको छ ।

अहिले सो दुर्घटना भएको किएभ चोप राजमार्ग बन्द भएको छ । प्रहरीले उक्त राजमार्ग बन्द गरेर अनुसन्धान थालेको जनाएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया