शनिबार, जेठ ५, २०८१

एनएमबी र यो यो जिपलाईनबीच सम्झौता

नेपालखोज २०७९ वैशाख २१ गते १६:४९

काठमाडौं । एनएमबी बैंक लिमिटेडले यो यो जिपलाईन प्रा.लिसँग आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले स्काई साइक्लिंग, जिपलाईन, स्विंग, केनोपि र रेष्टुरेन्ट एन्ड कफी शपको सेवामा छुट प्रदान हुने गरी सम्झौता गरेको छ । बैंकका उक्त सेवाको भिजा कार्ड मार्फत भुक्तानी गर्दा बिदाको दिन बाहेकको दिनमा १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंककातर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र यो यो को तर्फबाट अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका हुुन । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता छुट, सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धी थप जानकारी एनएमबि बैकको एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । एनएमबिले दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफदिइयर एसिया २०२१ उपाधीबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरि सकेको छ । बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया