१९ जनामा कोरोना, १ जनाकाे मृत्यु
नेपालखोज
२०७९ वैशाख २१ गते १६:४०

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट थप २ हजार ३७३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १९ जना र १ हजार ४४८ जनाको एन्टीजेन विधिबाट परीषण गर्दा शुन्य जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल २१७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, गत चौबीस घण्टा थप १८ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार ७१५ पुगेको छ । कोरोना निको हुनेदर ९८ दशमलव ८ प्रतिशत पुगेको छ ।
त्यस्तै,मृत्यु हुनेकाे संख्या १ जना रहेकाे छ । गत चौबीस घण्टामा देशभरबाट थप ३० हजार ६५६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया