आइतबार, जेठ ६, २०८१

चौधरी ग्रुपले ल्यायो विश्व प्रसिद्ध ‘माइडिया’ब्रान्ड, गुणस्तरमा हुँदैन कम्प्रमाइज

नेपालखोज २०७९ वैशाख २१ गते २०:११

काठमाडौं । चौधरी ग्रुपले विश्व प्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड ‘माइडिया’ नेपाली बजारमा ल्याएको छ । यसबाहेक, चौधरी ग्रुपसँग इलेक्ट्रोनिक्स क्षेत्रमा नेपाली बजारमा लामो अनुभव र विश्वास छ । माइडिया कम्पनीले चौधरी ग्रुपलाई नेपाली बजारका लागि आधिकारिक विक्रेताका रुपमा नियुक्त गरेको छ ।

चौधरी ग्रुपका अनुसार कम्पनीले माइडिया ब्रान्डका नयाँ उत्पादनहरूमार्फत प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ । दुई पक्षबीचको सहकार्यले स्थानीय बजारका साथै नेपाली इलेक्ट्रोनिक्स क्षेत्रको विकासमा सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

No description available.

चौधरी ग्रुपका अनुसार, माइडिया बान्डका साना घरेल’ उपकरणहरू (एयर प्युरिफायर, एयर फ्रायर, इलेक्टोनिक प्रेसर कुकर, इन्डक्सन हब, राइस कुकर, गार्मेन्ट स्टिमर, स्टयान्ड फ्यान, फुड प्रोसेसर, ह्यान्ड मिक्सर, स्यान्ड ब्लेन्डर, केटल, मिट मिनसर, टोस्टर, फ्यान हिटर, पी.टी.सी., सिरामिक हिटर, ओएफआर हिटर) नेपाली बजारमा पहिलेदेखि नै बिक्री वितरण गर्दै आइरहेको छ, साथै ग्राहकहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । साथै, कम्पनीले किचेन एप्लायन्स (बार्बिक्य, फ्रि स्ट्यान्डिङ ओभन, माइक्रोवेभ ओभन, टोस्टर ओभन), भ्याकुम क्लिनरहरू (ब्यागलेस, ड्रम-ड्राई, ड्रम-वेट एन्ड ड्राई), वासिन मेसिन, वासर ड्रायर र रेफ्रिजेरेसन उत्पादनहरु ल्याउने योजना बनाएको छ । योसँगै कम्पनीले माइडिया ब्रान्डका अन्य धेरै उत्पादनहरु पनि चाँडै ल्याउने तयारी गरिरहेको छ ।

No description available.

राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा आइडियाका उत्पादनहरुबारे जानकारी गराइएको थियो । ‘यस समारोहमा तपाईंहरू माझ सहभागी हुन पाउँदा हामी धेरै नै खुसी छौं र नेपाली उपभोक्ताहरूलाई उन्नत प्रविधि, उच्च गुणस्तरका उत्पादनहरू र उत्कृष्ट सेवाहरू प्रदान गर्न हामी सँगसँगै उभिन पाउँदा खुसी छौं,’ माइडिया एपीएसी क्षेत्रका दक्षिण एसिया व्यापार कार्यालयका प्रमुख एको झाङले भने ।

माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजरेसन, वासिङ मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरणहरू, पानीका उपकरणहरू, भुईंसम्बन्धी हेरचाह र लाइटिङमा विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा विश्वको सबैभन्दा व्यापक उत्पादनको विविधताहरू प्रदान गर्दै आएको छ ।

No description available.

माइडिया ब्रान्ड माइडिया ग्रुपअन्तर्गतको घरेलु उपकरण व्यवसायभित्रका १० भन्दा बढी ब्रान्डहरुमध्ये एक हो । माइडिया ग्रुप एक अग्रणी विश्वव्यापी उच्च-प्रविधि कम्पनी हो, जुन २०२१ को ग्लोबल फर्च्युन ५०० मा २८८ स्थानमा रहन सफल भयो । माइडिया ग्रुपको व्यापार घरेलु उपकरणहरूभन्दा बाहिर छ । जसमध्ये एचभीएसी, रोबोटिक्स र अटोमेसन, स्मार्ट होम र आईओटी, साथै स्मार्ट लजिस्टिक र कम्पोनेन्टहरूजस्ता व्यापार स्तम्भहरू पनि समावेश गर्दछ । माइडिया ग्रुपका सबै व्यवसायहरुको एउटै क्रेडो #Humanizing Technology का लागि प्रयासरत छ । नेपालमा २०२१ देखि चौधरी ग्रुपले माइडिया ब्रान्डका उत्पादनहरू आफ्नो च्यानल र आउटलेटहरूमार्फत देशभर वितरण गर्दै आएको छ ।

No description available.
No description available.No description available.

प्रतिक्रिया