आइतबार, वैशाख २३, २०८१

एनबीको सय कित्ताबराबर नबिलको ४३ कित्ता सेयर

नेपालखोज २०७९ वैशाख २३ गते १२:४६

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकले विशेष साधारणसभाको आह्वान गरेका छन् । दुवै बैंकले यही जेठ ७ गते छुट्टाछुट्टै रूपमा विशेष साधारणसभा गर्न लागेका हुन् । सभाले प्राप्ति प्रक्रियाका लागि सेयरको स्वाप रेसियो कायम गर्नेलगायत प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

सोअनुसार नबिलेले यही जेठ ७ गते काठमाडौंको गैरीधारामा रहेको सिल्भर ओक बैंकेटमा विशेष साधारणसभा बोलाएको छ । सभाका लागि बैंकको वैशाख ३० गते सेयरधनी दर्ता किताब बन्द हुनेछ । सभाले एनबी बैंकलाई प्राप्ति गर्न एनबीको एक सय कित्ता सेयरबराबर नबिलको ४३ कित्ता हुने गरी सेयर स्वाप रेसियो कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।

एनबीले पनि जेठ ७ गते नै भर्चुअल रूपमा विशेष साधारणसभा बोलाएको छ । सभाका लागि एनबीको पनि यही वैशाख ३० गते सेयर दर्ता किताब बन्द हुनेछ ।

प्रतिक्रिया