शनिबार, जेठ ५, २०८१

रारा हाइड्रोको आईपीओ आउँदै

नेपालखोज २०७९ वैशाख २१ गते २०:३०

काठमाडौं । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले १२ लाख कित्ता सेयर निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।

आज वैशाख २१ गते बुधवार मेगा क्यापिटल मार्केट्स लिमिटेड त्रिपुरेश्वरमा एक कार्यक्रममा कम्पनीले मेगा क्यापिटललाई सेयर निष्कासन तथा बिक्रीप्रर्वन्धकमा नियुक्त गरेको हो । सम्झौतापत्रम ारारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक शंकरलाल वैद्य तथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

कार्यक्रममा रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका सञ्चालक मंगल विश्वकर्मा र मेगा क्यापिटल मर्केट्स लिमिटेडका प्रमुख लगानी अधिकृत शुलभ श्रेष्ठको पनि उपस्थिति थियो । सर्वसाधारणका लागि जारी हुने सेयर १२ करोड रुपैयाँ रकमबराबरको १२ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्नका निम्ति नेपाल धितोपत्र बोर्डसमक्ष आवश्यक प्रक्रिया पूरा गरी सेयर निष्कासनको लागि आवेदन दिने योजना छ ।

प्रतिक्रिया