आशा लघुवित्तका तेस्रो त्रैमासिक नाफा तीन करोड ३० लाख

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा तीन करोड ३० लाख ४३ हजार आठ सय रुपैंयाँ खुद मुनाफा कमाएको छ ।
गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १२ करोड ३४ लाख ६९ हजार पाँच सय ४४ रुपैंयाँ रहेको थियो । हाल चुक्ता पुँजी ३८ करोड १६ लाख १६ हजार रुपैंयाँ रहेको संंस्थाले चालु आवको तेस्रो त्रैमासमा एक अर्ब ८८ करोड ९८ लाख ७० हजार सात सय ३७ रुपैंयाँ निक्षेप संकलन गरी पाँच अर्ब १८ करोड ७७ लाख एक हजार सात सय ८० रुपैंयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा १८ करोड ४३ लाख २२ हजार चार सय ७२ रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थाको चार दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा वितरणयोग्य नाफा दुई करोड ४६ लाख आठ सय नौ रुपैंयाँ रहेको संस्थाको स्प्रेड दर भने तीन दशमलव १३ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ६४ करोड ६७ लाख ५६ हजार आठ सय २२ रुपैंयाँ निक्षेप संकलन गरी पाँच अर्ब एक करोड ३२ लाख ६३ हजार दुई सय रुपैंयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा २५ करोड ५८ लाख ४० हजार नौं सय ३९ रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ९३ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया