शनिबार, जेठ ५, २०८१

एसईई दिएका विद्यार्थी र नवविवाहित जोडीलाई अन्नपूर्ण केबुलकारमा ५० प्रतिशत छुट

नेपालखोज २०७९ वैशाख २१ गते २०:४९

काठमाडौं । आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मिहिनेती हातहरूलाई अझ मिहिनेती बन्न ऊर्जा प्रदान गर्दै केही समय भए पनि रमाइलो बनाउने उद्देश्यसाथ भर्खरै एसईई दिई बसेका छात्रछात्रालाई अन्नपूर्ण केबुलकारले ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

यो योजनामा सहभागी हुनका लागि विद्यार्थी छात्रछात्राले यस वर्ष एसईई परीक्षामा सामेल भएको प्रवेश पत्र अनिवार्य देखाउनुपर्नेछ । यो योजना वैशाख ३०, २०७९ सम्म लागु हुने केबुलकारले जनाएको छ ।

साथै, नवविवाहित जोडीका लागि पनि अन्नपूर्ण केबुलकारले विशेष अफरको घोषणा गरेको छ । जसअन्तर्गत एक टिकटको खरिदमा अर्काे एक केबुलकार टिकट निःशुल्क प्रदान गर्नेछ ।

यस योजनामा सहभागी हुन नवविवाहित जोडीले आफू विवाहित भएको विवाह कार्ड अनिवार्य देखाउनुपर्नेछ । यो योजना २०७९ असार मसान्तसम्म लागु हुने केबुलकारले जनाएको छ ।

प्रतिक्रिया