शुक्रबार, वैशाख १४, २०८१

उद्योग खोल्ने सरकारी निर्णयको चेम्वरद्धारा स्वागत

नेपालखोज २०७७ वैशाख २४ गते २१:२४

काठमाडौं । लामो समयको लकडाउन पछि बुधबार बसेको मन्त्रीपरिषद्ले उद्योगहरु खोल्न दिने निर्णयको उद्योगी–व्यवसायीहरुको संस्था नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले गरेको निर्णय स्वागत योग्य भएको बताएका छन् ।

लकडाउनका कारण मुलुकको अर्थतन्त्र धरासायी हुन लागेकाले उद्योग सञ्चालन गर्नका लागि आफूले शुरुवातदेखि नै उठाउँदै आईरहेको माग पूरा भएको श्रेष्ठले नेपाल खोजलाई बताएका छन् । अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग धन्दा खोल्नै पर्ने भए पनि सुरक्षा सतर्कतामा भने सबैले ख्याल गर्नु पर्ने अध्यक्ष श्रेष्ठले बताए ।

सधै बन्दाबन्दी हुँदा मुलुकको अर्थतन्त्र धराशाही हुने भएकाले पनि उद्योगहरु सुरक्षा सतर्कता अपनाएर खुलाउनै पर्ने आवश्यकता रहेको उनको धारणा थियो ।

ढुवानीहरुलाई सहज बनाउने र उत्पादन भएको वस्तु बिक्री वितरणका लागि अब पसलहरु पनि खुला गर्नु पर्ने उनले बताए ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ४२ प्रकारका उद्योगहरु खोल्न दिने निर्णय गरेको थियो ।

यी उद्योगहरु सञ्चालन हुने पाउने छन् :

प्रतिक्रिया