देशको पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

नेपालखोज २०७९ वैशाख २२ गते ६:२५

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू(भागसम्म बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहनेछ भने देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै राति देशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ भने प्रदेश १ , मधेश प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू(भागका एक/दुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया