एआईजी पोखरेलको रिटमाथिकाे सुनुवाइ आज हुँदै
नेपालखोज
२०७९ वैशाख २२ गते ९:२१

काठमाडाैं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । बुधबारको सुनुवाइ नसकिएपछि बिहीबार सुनुवाइ हुन लागेको हो ।
एआईजी विश्वराज पोखरेलले सरकारले ज्येष्ठतालाई मिचेर प्रहरी महानिरीक्षकमा कनिष्ठ धिरजप्रताप सिंहलाई नियुक्ति गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि न्यायाधीश सुस्मालता माथेमाको इजलासमा सुनुवाइ भइरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया