चितवनमा गठबन्धनको संयुक्त सभा, शीर्ष नेताले सम्बोधन गर्ने

नेपालखोज २०७९ वैशाख २२ गते ८:४६

काठमाडौं । चितवनको भरतपुरमा आज सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गर्दैछन् । आमसभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।

सभालाई सम्बोधन गर्न शीर्ष नेताहरु अघिल्लो दिन नै चितवन पुगिसकेका छन् । भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरुले सम्बोधन गर्ने छन् । सभालाई जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरुले पनि सम्बोधन गर्ने बताइएको छ ।

भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई अघि सारेको छ । कांग्रेस नेता जगन्नाथ पौडेलले पनि स्वतन्त्र उमेदवारी दिएका छन् ।

प्रतिक्रिया