बुधबार, असोज २, २०८१

देवी लक्ष्मी !

नेपालखोज २०७९ वैशाख २३ गते ५:००

पैसाको चाहना सबैको मनमा रहन्छ । शास्त्रमा लक्ष्मीलाई धनकी देवी भनिएको छ । उनको कृपाविना धनसम्पत्ति प्राप्त नहुने जनविश्वास छ । माता लक्ष्मीको आशीर्वाद प्राप्त व्यक्तिको जीवनमा धन-सम्पत्ति र वैभवको कमी हुँदैन । चाणक्य नीति अनुसार धन आउँदा सचेत हुनुपर्छ । आचार्य चाणक्यका अनुसार देवी लक्ष्मीको स्वभाव चंचल छ । यस्तो अवस्थामा पैसा आउँदा के नगर्ने भनेर जान्नुहोस् ।

प्रलोभन नगर्नुहोस्

आचार्य चाणक्यका अनुसार कुनै पनि मानिसले अरुको धनको लोभ गर्नुहुँदैन । चाणक्यका अनुसार मिहिनेतले कमाएको धन आफ्नै हुन्छ । मिहिनेत नगरी कमाएको पैसा धेरै दिन टिक्दैन । माता लक्ष्मीको कृपा लोभी व्यक्तिसँग हुँदैन ।

खराब संगतबाट टाढा रहनुहोस्

आचार्य चाणक्यका अनुसार हरेक व्यक्ति गलत संगतबाट टाढा रहनुपर्छ । गलत संगतले सधैं पीडा दिन्छ । चाणक्यका अनुसार सधैं विद्वान, धार्मिक र ज्ञानी व्यक्तिको संगत गर्नुपर्छ । नराम्रो बानी भएको व्यक्तिमा माता लक्ष्मीको कृपा हुँदैन ।

आवश्यक पर्दा मात्र पैसा खर्च गर्नुहोस्

चाणक्य नीति अनुसार कुनै पनि व्यक्तिले पैसाको अपमान गर्नु हुँदैन । पैसा जहिले पनि बचाउन पर्छ र बुद्धिमानीपूर्वक खर्च गर्नुपर्छ ।

प्रतिक्रिया