बिहीबार, चैत १५, २०८०

बलिउडका सर्वाधिक धनी नायिका

नेपालखोज २०७९ वैशाख २३ गते ११:२१

बलिउडका कैंयन् नायक निकै धनी छन् भने उनिहरुको तुलनामा कतिपय नायिका पनि कम छैनन् । बलिउडका धनी नायिकामा क्याटरीना कैफ, दीपिका पादुकोण, प्रियंका चोपडा आदि अग्रपंक्तिमा देखिन्छन् ।

काजोल मुखर्जी देवगण
काजोलले १६ वर्षको उमेरमै अभिनय सुरु गरेकी हुन् । बलिउडमा उनले थुप्रै उत्कृष्ट फिल्म दिएकी छन् । २०२१ को एक रिपोर्टअनुसार काजोलको कुल नेटवर्थ २४ मिलियन डलर छ । यस हिसाबले उनीसँग २९० करोड रुपैयाँबराबरको सम्पत्ति छ ।

करिना कपुर खान
करिना कपुरले कमाईको मामिलामा पति सैफ अली खानलाई समेत कडा टक्कर दिन्छिन् । करिना स्टेज शो, विज्ञापन, रेडियो शो आदि बाट समेत कमाइ गर्छिन् । मिडिया रिपोर्टअनुसार करिना करिब ७२० करोडकी मालिक हुन् । मुम्बईमा करिनाका कैंयन् घर छन् । उनको एउटा घर स्विट्जरल्यान्डमा समेत भएको बताइन्छ । करिना महँगा गाडी की सौखिन पनि हुन् ।

क्याटरिना कैफ कौशल
क्याटरिना कैफ कौशल एउटा फिल्ममा काम गरेको १४ देखि १७ करोड चार्ज गर्छिन् । यसरी उनी बर्सेनि ४० करोड जति कमाउँछिन् । त्यसबाहेक क्याटरिनाले विज्ञापनबाट १०-१२ करोड कमाउँछिन् । भनिन्छ उनको कुल नेट वर्थ ३५० करोड रुपैयाँभन्दा माथि छ ।

प्रियंका चोपडा जोहान्स
ग्लोबल स्टार प्रियंका चोपडाको नेट वर्थ करिब ७० मिलियन भएको बताइन्छ । मुम्बईको जुहुमा प्रियंकाको आलिशान घर छ । रिपोर्टअनुसार त्यो घरको मूल्य १५० करोड रुपैयाँभन्दा माथि छ । त्यसका अतिरिक्त प्रियंकासँग मुम्बईमै अर्को एउटा घरसमेत छ ।

सोनम कपुर
सोनम कपुर शाही लाइफस्टाइल रुचाउँछिन् । मिडिया रिपोर्टअनुसार सोनम कपुरको कुल नेट वर्थ २१ मिलियन डलरजति छ । नेपाली रुपैयाँमा उनको नेटवर्थ २५० करोड रुपैयाँभन्दा बढी हुन आउँछ ।

दीपिका पादुकोण सिंह
रिपोर्टअनुसार दीपिका पादुकोण कुल मिलाएर ५२० करोड रुपैयाँबराबरको सम्पत्तिकी मालिक हुन् । दीपिका एउटा फिल्मका लागि १५ करोडभन्दा बढी चार्ज गर्छिन् । २०२० मा दीपिकाको ब्रान्ड भ्याल्यु ५० मिलियन यूएस डलर भएको अनुमान लगाइएको थियो ।

ऐश्वर्या राय बच्चन
ऐश्वर्या राय बच्चनले बलिउडदेखि हलिउडसम्म धाक जमाइसकेकी छन् । २०२१ को रिपोर्टअनुसार ऐश्वर्या रायको नेटवर्थ ५० मिलियन डलरजस्तो छ । भनिन्छ ऐश्वर्यासँग ३७५ करोडजतिको सम्पत्ति छ ।

प्रतिक्रिया