पाल्पामा जिप दुर्घटना, एकजनाको मृत्यु, दुई घाइते
नेपालखोज
२०७९ वैशाख २३ गते ७:४१

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका ५, चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु.१च ७७८० नम्बरको जिप बिहीबार दुर्घटना हुँदा सवारीधनी रामपुर नगरपालिका ३ का ४३ वर्षीय सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा निस्दी गाउँपालिका ४ का चालक २७ वर्षीय खेमबहादुर खाम्चा र रामपुर नगरपालिका ३ का ४६ वर्षीय टुकनारायण श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठको अवस्था चिन्ताजनक छ भने खाम्चाको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । जिप सडकमा अनियन्त्रित भई करिब ३०० मिटर तल खसेको थियो । -रासस
सम्बन्धित

प्रतिक्रिया