सोमबार, वैशाख १७, २०८१

सुनचाँदीकै मूल्य घट्याे, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७९ वैशाख २३ गते ११:०७

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकै भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला ६ सय रुपैयाँले घटेर ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन बिहीबार ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि ६ सय रुपैयाँले घटेकाे छ । आज तेजाबी सुन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य २५ रुपैयाँले घट्यकाे छ । आज चाँदी १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १३ सय ५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया