गठबन्धनलाई भोट नदिनु बेइमानी गर्नु सरह : अध्यक्ष केसी
नेपालखोज
२०७९ वैशाख २३ गते १९:५९

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनलाई भोट नदिनु बेइमानी गर्नु भएको बताएका छन् । आज काठमाडौंमा आयोजित पाँच दलिय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले गठबन्धनलाई भोट नदिएर तलमाथि गर्नु नहुने बताएका हुन् ।
गठबन्धनका उम्मेदवारहरुलाई जनमोर्चाले इमान्दारीतापूर्वक सहयोग गर्ने उल्लेख गर्दै उनले आफ्ना उम्मेदवार भएको ठाउँमा पनि गठबन्धनका सबैले सहयोग गर्न उनले आग्रह गरे । अध्यक्ष केसीले जनमोर्चा सत्तारुढ गठबन्धनमा सहभागी भएकोमा कतिपयले विरोध गर्ने गरेको भन्दै आफुले विगतमा पनि गिरिजाबाबु, गणेशमान लगायतसँग सहकार्य गरेको बताए ।
उनले आफ्नो पार्टी प्रतिनिधि सभा विघटन भएदेखि नै गठबन्धनको पक्षमा रहेको स्पष्ट पारे । उनले वर्तमान सत्तारुढ गठबन्धन भन्दा प्रतिगमन बलियो भएकाले सजग रहनुपर्ने बताए ।
सम्बन्धित

प्रतिक्रिया