‘बेरोजगार युवालाई आयमुलक तालिमसँगै रोजगारको व्यवस्था गर्छु’

नेपालखोज २०७९ वैशाख २४ गते ९:२३

काठमाडौं । हजारौं युवालाई रोजगारी दिने शेखर श्रेष्ठ काठमाडौंको टोखा नगरपालिकामा मेयर पदका प्रत्यासी हुन् । उनले साहारा राइड सेयरिङ एपमार्फत युवालाई नेपालमै रोजगारी दिइरहेका छन् । प्रविधिको प्रयोगमार्फत उनले युवालाई आत्मनिर्भर बनाएका छन् ।

लायन्स क्लव अफ काठमाडौं देउरालीका चाटर प्रेसिडेन्ट, धापासी जात्रा व संस्कृति संरक्षण पुचका सचिव तथा विजनेश ग्रोथ कम्पनि (साहारा राइड सेयरिङ)का अध्यक्ष रहेको उनी स्थानिय गुठिका साथै विभिन्न सामाजिक संघसंस्थामा कुशल नेतृत्व गरिसकेका छन् ।

विगत लामो समयदेखी स्थानिय स्तरहको विकास निर्माणमा सक्रिय रहेका उनी जनतामा लोकप्रिय रहेका छन् । बोलेको कुरा जसरी नी पु¥याउने उनको स्वभाव रहेको स्थानियहरु बताउँछन् ।

टोखा नगरपालिकाको विकासको लागि श्रेष्ठ आए टोखाले मुहार फेर्ने स्थानियहरु बताउँछन् । उनले स्थानिय उद्योगहरुमा सुहलियतमा विद्युत उपलब्ध गराउने प्रतिबद्धतासमेत गरेका छन् ।

साथै बेरोजगार युवालाई आयमुलक तालिम दिएर रोजगारीको व्यवस्था गर्ने बताएका छन् । युवालाई देशमा नै रोजगारीको लागि स्थानिय कृषि, पर्यटन, उद्योगको प्रर्बद्धन गरेर आयात कम गर्ने र देशमा नै रोजगारीकोे अवसर सृजना गर्ने उनको मुख्य लक्ष्य रहेको जनाएका छन् ।

प्रतिक्रिया