आइतबार, वैशाख २३, २०८१

नबिल बैंक पहिलो पटक एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम गर्दै

नेपालखोज २०७९ वैशाख २४ गते ११:४१

काठमाडौं । नबिल बैंकले युएस डिपार्टमेन्ट अफ एग्रीकल्चर (युएसडिए) द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जिएसएम १०२ अन्तर्गत बैंकलाई सूचीकरणका लागि युएसडिएसँग सम्झौता गरेको छ । नबिल बैंक युएसडिए कार्यालयबाट गरिएको उच्चस्तरीय मुल्याकंनपछि यस कार्यक्रम अन्तर्गत सूचीकृत हुने नेपालको पहिलो र एकमात्र बैंक हो ।

यो व्यवस्थासँगै नबिलले युएसडिएबाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्नेछ । युएसडिए कार्यक्रम अन्तर्गत सामान आयात गर्न नबिल बैंकले आºना ग्राहकको तर्फबाट जारी गरेको प्रतितपत्रमा तेस्रो बैंकहरूबाट प्रमाणीकरण गरिरहनु पर्नेछैन । यस व्यवस्था अन्तर्गत अमेरिकी निर्यातकर्ताहरूले नबिल बैंकले जारी गरेको अपरिवर्तनीय प्रतितपत्रमार्फत सोझै अमेरिकी बैंकहरूबाट वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् ।

युएसडिएको निर्यात ऋण ग्यारेन्टी कार्यक्रम अन्तर्गत नेपाल र नबिल बैंक सूचीकृत हुनु नेपाल र नबिल बैंकको अन्तर्राष्ट्रिय पहुँच र मान्यतालाई विश्वव्यापीरूपमा स्थापित गर्ने प्रयासमा अर्को कोसेढुंगा हो । सन् १९८४ देखि ग्राहकलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नविलले १४८ शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुंगाकोरुपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया