शुक्रबार, वैशाख १४, २०८१

जस्मिन पेन्ट्सको लुट, कहिलेसम्म हुन्छ छुट

नेपालखोज २०७६ कार्तिक १ गते ९:१८

 

१ कार्तिक, काठमाडौं । घर रंगाउन प्रयोग गरिने रंग (पेन्ट्स) धैरै छन् । पछिल्लो समय नयाँ नयाँ यस्ता रंगहरु बजार उपलब्ध हुँदै आईरहेको छ । तर त्यसको गुणस्तर भने अत्यन्तै कमजोर देखिन थालेको छ ।

घरमा लगाउने रंग गुणस्तरीय हुनु आवश्यक छ, अन्यथा त्यसले मानव स्वास्थ्यका लागि निकै घातक सिद्ध गर्दछ । मानव स्वास्थ्यका लागि नकारात्मक असर नहोस् भन्नका लागि वातावरण मन्त्रालयले मापदण्ड नै तोकेको छ ।

तर सरकारले तोकेको मापदण्ड विपरित जस्मिन पेन्ट्स प्रालिले रंगमा अत्यधिक लिड प्रयोग गरेर उपभोक्ताहरुलाई लुट्ने काम भएको देखिन्छ । अत्यधिक लिड प्रयोग गरी रंग उत्पादन भएको विज्ञ र उपभोक्ताको गुनासो छ । चर्चित कलाकारहरुलाई आफ्नो उत्पादनको विज्ञापन गर्न लगाएर लुट मच्चाईरहेको उनीहरुको आरोप पनि छ

जस्मिन पेन्ट्स प्रालिद्वारा उत्पादित पेन्ट्सको क्यालिब्रेसन, अभिलेखन र तौलमा कमी–कमजोरी रहेको तथ्य नेपाल गुणस्तर तथा नापतौल विभागको अनुगमनमा फेला परेको थियो। जस्मिन पेन्ट्सको उत्पादनमा कमी–कमजोरी भेटिए पनि स्पष्टीकरण सोध्नेबाहेक ठोस कारबाही भने भएको छैन। गुणस्तर विभागका कर्मचारीहरुको मिलेमतोमा नै अत्यधिक लिड भएको जस्मिन पेन्ट्स बजार विक्री भईरहेको उपभोक्ता अधिकारकर्मीको आरोप छ ।

 

उपभोक्ता अधिकारकर्मीले जस्मिन पेन्ट्सले कानुनलाई चुनौती दिँदै उपभोक्ता ठगी गरेकाले कारबाही हुनुपर्ने माग छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन भन्छन्, ‘राजपत्रमा प्रकाशित मापदण्ड जोसुकैले पनि परिपालना गर्नुपर्छ। वातावरण मन्त्रालयले तय गरेको मापदण्डअनुसार लिडको मात्रा ९० पीपीएम मात्र हुनुपर्दछ। तर, जस्मिन पेन्ट्समा ३६०० पीपीएम पाइएको र तौल पनि भनिएभन्दा कम हुने गरेको थाहा भएको छ। लिड मानव स्वास्थ्यसँंग जोडिएको कुरा हो। नापतौल तथा गुणस्तर विभाग र उपभोक्ता संरक्षण ऐनको कानुनी प्रावधानअनुरूप उत्पादकलाई कारबाही हुनुपर्दछ।’

 

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिसिनाले पनि जस्मिन पेन्ट्सलाई छुट दिन नहुने धारणा राख्छन्। उनी भन्छन्, ‘नेपालको संविधान–२०७२ को धारा ४४ को खिलाफ हुने कुनै पनि हर्कत हामी उपभोक्ता अधिकारकर्मीलाई स्वीकार्य हँुदैन। गुणस्तर पूरा नगर्ने जुनसुकै कम्पनीलाई कारबाही हुनुपर्छ।
लनमा छन्।

 

प्रतिक्रिया