आइतबार, वैशाख २३, २०८१

समृद्धि फाइनान्सद्वारा वित्तीय साक्षरताकार्यक्रम सञ्चालन

नेपालखोज २०७९ वैशाख २४ गते १३:४३

काठमाडौं । समृद्धि फाइनान्सले वैशाख २३ गते पुतलीसडक, पोखरा र बुटवल शाखाद्वारा वित्तीय शाक्षरता कार्यक्रम सञ्चालन गरेको छ । जसअन्तर्गत पुतलीसडक शाखाले मिल्टन इन्टरनेसनल कलेज, पोखरा शाखाले लायन्स क्लब को सहयोगमा अमरसिंह मा.वि.मा र बुटवल शाखाले वडा नं. ११ को टोल विकास समितिमा उक्त कार्यक्रम सञ्चालन गरेको थियो ।

कार्यक्रममा विद्यार्थि कशोरकिशोरी तथा युवावर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्यउनपर्ने कुरामा जाेड दिइएकाे छ । वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदानगर्नु यो वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको छ। संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफर पुतलीसडक शाखा प्रमुख बिक्रम ज्ञवालीले जानकारी दिएका छन् ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया