युक्रेनले मारिउपोलको अजोभस्टलबाट ५० नागरिककाे उद्धार गर्याे
नेपालखोज
२०७९ वैशाख २४ गते १३:०१

कीभ । जारी रुस-युक्रेन युद्धबाट घेरामा परेको शहर मारिउपोलमा रहेको एजोभस्टाल प्लान्टबाट ५० नागरिकलाई बाहिर निकालिको युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले शुक्रबार बताएका छन् ।
‘उद्धार कार्य अत्यन्त सुस्त थियो। यद्यपि, आज हामीले आजोभस्टलबाट ५० जना महिला, बालबालिका र वृद्धवृद्धालाई मुक्त गर्न सफल भयौं,’ भेरेश्चुकले फेसबुकमा लेखेका छन् ।
उद्धार कार्य शनिबार बिहान जारी रहनेछ । अघिल्लो दिन, युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्माकले युक्रेनले मारियुपोलबाट करिब ५०० नागरिकलाई बाहिर निकालेको बताएका थिए । पूर्वी युक्रेनको प्रमुख अजोभ समुद्री बन्दरगाह शहर मारिउपोलले रुस-युक्रेन द्वन्द्वमा सबैभन्दा खराब हिंसा देखिएको छ ।
सम्बन्धित
प्रतिक्रिया