बिहीबार, जेठ २, २०८२

जिम्बावे ‘ए’ विरुद्ध नेपालको सानदार जित

नेपालखोज २०७९ वैशाख २४ गते १३:५०

काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले पाहुना टोली जिम्बावे ‘ए’ संग हारको बदला लिएको छ । टियु क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध ९ विकेटको सानदार जित निकालेको हो ।

जिम्बावेले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेटको क्षतीमा ८९ बनाउदै लक्ष्य पूरा गर्यो । नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८ रन बनाए । आसिफ शेखले अविजित ३४ रन जोडे । विनोद भण्डारी ४ रनमा अविजित रहे । जिम्बावेका ब्राण्डन माभुताले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो । नेपाली बलरको किफायती बलिङ गरेको खेलमा जिम्बावेका लागि जोनाथन क्याम्पबेलले २७ रन बनाए । ब्राड इभान्स २० रन अविजित रहे । सेफासले १० तथा लुक जोग्वेले ८ रन बनाए ।

नेपालका सोमपाल कामी र करण केसीले ३/३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए। शुक्रबार भएको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो । नेपालले तीन खेलको सिरिजमा १/१ को बराबरीसमेत गरेको छ । अन्तिम तथा तेस्रो एकदिवसीय सोमबार हुनेछ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो।

प्रतिक्रिया