श्रीलंकाका प्रधानमन्त्री राजापाक्षले राजीनामा दिने सम्भावना

नेपालखोज २०७९ वैशाख २४ गते १४:४८

काठमाडाैं । श्रीलंकाका प्रधानमन्त्री महेन्दा राजापाक्षले राजीनामा तयारी गरेकाे जनाइएको छ । देशभरमा आर्थिक तथा राजनीतिक संकट गहिरिदै गएपछि उनले राजनीतिक निकासका लागि पदबाट राजीनामा दिन लागेकाे भएको उनि निकट श्रोतहरुले जनाएका छन् ।

राजनीतिक तथा आर्थिक संकटको मुख्य कारक राजापाक्ष नेतृत्वको सरकार नै भएको भन्दै आन्दोलन चर्किएपछि उनिलाई राजीनामाका लागि अत्यधिक दवाव परेको छ । आन्दोलनकारीहरूले प्रधानमन्त्री महेन्दालाई बर्खास्त गर्न राष्ट्रपतिलाई पनि चर्को दवाव दिएका छन् । उनले राजीनामा नदिएमा आन्दोलन थप चर्किदै जाने देखेर उनले राजीनामा दिने तयारी गरेकाे बताइएको छ ।

आन्दोलन चर्किदै गएको र संकटकाल लागू भएको परिप्रेक्षमा आगामी कदमका बारेमा छलफल गर्न राष्ट्रपति निवासमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका बीचमा छलफल भएको थियो । छलफलका क्रममा प्रधानमन्त्री महेन्दा राजापाक्ष राजीनामा दिन सहमत हुनुभएको जनाइएको छ ।

देशमा आर्थिक संकट उत्पन्न भएपछि महंगी र अभाव बढेको थियो । महंगी र अभावबाट आक्रोशित जनताले आन्दोलन सुरु गरेका थिए । आन्दोलनपछि सरकारले त्यतिबेला पनि संकटकाल लगाएको थियो । आन्दोलनकारीहरुले सरकारलाई बर्खास्त गर्न माग गरेपछि प्रधानमन्त्री बाहेक सबै मन्त्रीहरूले राजीनामा दिएका थिए ।

प्रधानमन्त्री बाहेक सबै मन्त्री नयाँ बनाएर काम गर्दा पनि ठोस उपलब्धि नभएपछि आन्दोलन फेरि चर्किएकाले अहिले प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्ने अवस्था सृजना भएको हो ।

प्रतिक्रिया