आईपीएल : काेलकातालाई हराउँदै लखनउ शीर्ष स्थानमा
नेपालखोज
२०७९ वैशाख २५ गते ७:१२

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा काेलकाता नाइट राइडर्सलाई हराउँदै लखनउ सुपर जायन्ट्स शीर्ष स्थानमा उक्लिएको छ ।
गएराति भएको खेलमा काेलकातालाई ७५ रनले हराउँदै लखनउ शीर्ष स्थानमा उक्लिएको हो । लखनउले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको काेलकाता १४ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो ।
जितसँगै लखनउको ११ खेलमा १६ अंक भएको छ । समान खेलमा १६ अंक रहेको गुजरात दोस्रो स्थानमा छ । लखनउ र गुजरात आईपीएलमा नवप्रवेशी टोली हुन् । काेलकाता ११ खेलमा ८ अंकका साथ आठौँ स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया