बिहीबार, जेठ २, २०८२

वैदेशिक रोजगारीमा पुगेका इन्तेखाब १६ वर्षदेखि कतारमा व्यावसायिक क्रिकेट खेल्दै 

नेपालखोज २०७९ वैशाख २५ गते १३:१८

काठमाडौं । सिरहा जिल्लाको लहानमा वि.सं. २०४० मा जन्मेका बायाँ हाते तीब्र गतिका बालिङ अलराउन्डर ईन्तेखाब अहमद सानैदेखि क्रिकेटमा अग्रसर व्यक्तित्व थिए । नेपालमै क्रिकेटको भविष्य खोजेका अहमदले तत्कालिन पूर्वाञ्चल क्षेत्र, सिरहा जिल्लाबाट प्रतिनिधितव गरेका थिए।

नेपाली क्रिकेटको राष्ट्रिय टोलीबाट खेल्ने र राष्ट्रलाई प्रतिनिधित्व गर्ने सपना सबैको हुन्छ त्यसैगरी अहमदको पनि थियो ।तत्कालीन वि.स.२०६१ मा पूर्वाञ्चल क्षेत्रिय प्रतियोगितामा तीन म्याचमा १३ विकेट लिँदै प्रतियगिताको म्यान अफ द सिरिज घोषित हुँदै पूर्वाञ्चलबाट छनाेट भएका थिए । त्यतिबेला पूर्वाञ्चल क्षेत्रबाट यूनील श्रेष्ठ, पुष्प थापा, मन्जित श्रेष्ठ, मनोज कटुवाल, मेहबुह आलम जस्ता राष्ट्रिय खेलाडीहरुसँगै उनले स्थान बनाएका थिए । तर, आर्थिक अवस्था र नेपाली क्रिकेटमा राजनीति हावी र भविष्य देख्न छोडेका उनले २०६१ सालमा कतार जाने निधाे गरे । तर रोजगारी साथसाथै क्रिकेट पनि खेल्न पाइन्छ भनेर कतार आइपुगेको उनले बताए ।

क्रिकेटबाट टाढा रहन नसक्ने अहमद कतार पछि उनी नेपाल ११ क्रिकेट क्लबबाट आफ्नो क्रिकेट खेललाई कतारमा अग्रसर गराउन प्रयाश गरे । त्यसपश्चात उनको खेलको कौशलता त्यहाँको क्रिकेटको सरोकारहरुले हेरेर उनीमाथि चासो राख्ने कतार क्रिकेट संघले आयोजना गर्ने प्रतियोगितामा व्यवसायिक प्रतियोगिता खेल्न सुरु गरे ।

कतारको बी डिभिजन क्लब अल्नुफबाट खेल्न प्रस्ताव आएको थियो । उनेल त्यस क्लबबाट खेल्दा क्लबले सन् २०१४ को ‘कतार एयरवेज कप’ को उपाधि नै जित्न सफल भएको थियो । त्यतिबेला उनी दुईवटा खेलमा म्यान अफ दी म्याच भएका थिए । उनी अहिले निहाल ११ क्लवमा आबद्ध छन् कतार क्रिकेट संघको सी डिभिजन यस क्लवबाट उनले प्रतिनिधित्व गर्दै सी डिभिजन प्रतियोगिताको २०२१ र २०२२ को फाइनलमा पुर्‍याएका छन् । ३८ वर्षीय ईन्तेखाब अहमदले भने ‘क्रिकेट मेरो मन मस्तिकमा बसेको छ । आगामी दिनमा नेपाली क्रिकेटलाई टेवा पुर्‍याउने र आफ्नो ठाउँमा नेपाली क्रिकेटमा जीवन समर्पण गरेका युवाहरुका लागि केही गर्ने भविष्यको योजना छ ।’ –नेप्लेज

प्रतिक्रिया