शनिबार, जेठ ५, २०८१

एनसीसी बैंकले गर्यो वित्तीय साक्षरता कार्यक्रम

नेपालखोज २०७९ वैशाख २५ गते १५:००

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैक लिमिटेड चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तगत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । चौतारा सागाचोकगढी ७, सानो सिरुवारी स्थित सिद्धिगणेश मावि परिसरमा भएको कार्यक्रम बैंकका चौतारा शाखा प्रबन्धक सम्पूर्ण गिरीको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा बचतको महत्त्व, बचत गरेको रकम बैंकमा खाता खोली जम्मा गर्नुपर्ने, ऋण लिने कारण, साना ठूला जुनसुकै प्रकारको व्यवसाय गर्न बैंकबाट सहुलियत ब्याजदरमा कर्जा लिने, बिमा, पारिवारिक बजेटको महत्त्व, वित्तीय साक्षरतामा नेपाल राष्ट्र बैकको योगदानका साथै धितोपत्र, सम्पत्ति शुद्धीकरण र विद्युतीय कारोबारसम्बन्धी जानकारीका सम्बन्धमा नेपाल राष्ट्र बैंकका भूपूकार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले आफ्नो प्रस्तुतिमार्फत प्रस्ट पारे ।

दोस्रो सत्रमा सोही बैंकका मार्केटिङ अफिसर विवेक राजकर्णिकारले बैंकको इतिहास बताउँदै वित्तीय साक्षरतर्फ अग्रसर बन्नुपर्ने कुरामा जोड दिँदै बैंकले दिइरहेको सेवा सुविधासम्बन्धी जानकारी गराए ।

सयजनाभन्दा बढीको उपस्थिति रहेको यस साक्षरता कार्यक्रममा महिलाहरू उल्लेख्य सहभागी भएका थिए । सहभागीहरूले वित्तीय साक्षरतासम्बन्धी बचत, ऋण, बिमा, सेयरलगायत थुप्रै कुरामा जानकारी दिएकामा खुसी व्यक्त गरेका थिए ।

बैंकका प्रबन्धक गिरीले अहिले चौतारा शाखाले १० हजार औषधि बिमा सुबिधा २८ सदस्यलाई उपलब्ध गराएको जानकारी गराउँदै बैंक बचतकर्ताको हितमा कार्य गर्ने अग्रणी बैंक रहेको बताए । त्यसैगरी नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम बैंक ग्राहक हित संरक्षण गर्न प्रतिबद्ध रहेको कुरामा थप प्रस्ट पार्दै उनले सहभागीहरूलाई धन्यवाद दिएका थिए । सन इन्फोटेक एन्ड सोलुसन्सको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रम संसथाका प्रबन्ध निर्देशक टेकनाथ पोखरेलले सञ्चालन गरेका थिए ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३९ शाखा १४ एक्स्टेन्सन काउन्टर र ११४ एटीएम बुथ सञ्चालन गरी ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आमनागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरूमा पनि सक्रिय रूपमा सहभागी हुँदै आएको छ ।

प्रतिक्रिया