आइतबार, जेठ ६, २०८१

फुटबल विवाद सुल्झाउन छानबिन समिति गठन

नेपालखोज २०७९ वैशाख २५ गते १९:१६

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादको सत्यतथ्य पहिचान गर्न कमिटि गठन गरेको छ ।

एन्फाको आज बसेको कार्यसमिति बैठकले विवादको सत्यतथ्य पहिचान गर्न छानबिन समिति गठन गरेको हो । खेलाडी र प्रशिक्षकबीच विवाद देखिए पछि एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्षद्वय विरबहादुर खड्का, कृष्ण थापा र सदस्य दावा लामाले कार्यसमित बैठक माग गरेपछि बैठक बसेको हो ।

एन्फाले नेपाली सेनाका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा तीन सदसीय कमिटी गठन गरेको हो। कमिटीमा पूर्व खेलाडी बिदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापा रहेका छन् । कमिटीले ७ दिनभित्र छानबिन गरेर एन्फालाई प्रतिवेदन पेश गर्नेछ ।

प्रतिक्रिया