आइतबार, जेठ ६, २०८१

वेल्स ६४ वर्षपछि विश्वकपमा छनौट भयो

नेपालखोज २०७९ जेठ २३ गते ९:३५

काठमाडौं । वेल्सले ६४ वर्षपछि फिफा विश्वकपमा छनौट हुने सौभाग्य पाएको छ । प्लेअफमा युक्रेनलाई आइतबार राति भएको पराजित गरेपछि वेल्सले विश्वकप खेल्ने मौका पाएको हो ।

सन् १९५८पछि वेल्सको विश्वकप इतिहास तीतो हुादै गएको थियो । युक्रेनलाई प्लेअफमा शून्यकाविरुद्ध १ गोलले पराजित गर्दै लामो प्रतीक्षापछि वेल्सले विश्वकपमा स्थान पक्का गरेको हो ।

वेल्सका लागि कप्तान गेराथ बेलले फ्रिकिकमार्फत गरेको गोल नै निर्णायक भयो । युक्रेन भने विश्वकपमा पर्न असफल भएको छ ।

प्रतिक्रिया