बिहीबार, चैत १५, २०८०

के सत्य बोल्न आवश्यक छ ?

रमेश नेपाल २०७९ वैशाख २६ गते ७:५७

-सत्य बोल्नु राम्रो हो तर के बुझ्नपर्छ भने सबै ठाउँमा सत्य बोलेर कामै चल्दैन अव्यवहारिक हुन्छ ।

-सबै जना सत्य बोल, सत्य बोल भन्छन् । कसरी सत्य बोन्नु, जस्तो मान्नुहोस् कुनै व्यक्तिले तपाईंसँग पैसा माग्न आयो ल मलाई एक लाख रुपैयाँ चाहियो भन्यो, तपाईंलाई थाहा छ यो व्यक्तिले पैसा दिँदैन र यो पनि थाहा छ त्यो व्यक्तिले धेरैजनाको पैसा खाएको छ । मसँग पैसा त छ तर तिमीलाई म दिन्न भन्न मिल्दैन । पैसा माग्न आउने मान्छे उसले त आफ्नो गाह्रो बताएर, आफ्नो बहाना बताएर आएको हुन्छ त्यो बेलामा झुटो बोल्नुपर्ने हुन्छ । त्यो मजबुरी हो । सबै ठाउँमा सत्य बोल्नुपर्छ भन्ने जरुरी छैन ।

-सत्य त्यो हो जसले सर्वकल्याणी गर्छ, सबैको हित गर्छ ।

-पहिलो कुरा आफ्नो हित किनभने हरेक व्यक्तिलाई आफ्नो हित चाहने स्वतन्त्रता छ । आफ्नो रक्षा गर्नु पहिलो कर्तव्य हो । त्यसकारण आफ्नो हित अनि अरू सबैको हित जे गर्दा सर्वकल्याण हुन्छ, यदि तपाईंले झुटो बोल्दा पनि सबैजना मानिसको हित हुन्छ भने त्यो झुटो नै सत्य हो ।

-सत्य विवेकमा निर्भर गर्छ, सत्य शब्दमा होइन ।

प्रतिक्रिया