वाग्मतीसहित ३ वटा प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको विहार/पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले मधेस प्रदेश, वाग्मती प्रदेश र सूदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य पहाडी भू-भागमा आंशिक बदली रहेको विभागले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाँकी भू-भागका एक/दुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया