आइतबार, जेठ ६, २०८१

आईपीएल : दिल्लीलाई ९१ रनले पराजित गर्दै चेन्नई विजयी

नेपालखोज २०७९ वैशाख २६ गते ६:५२

काठमाडाैं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्ग्स ९१ रनले विजयी भएको छ । मुम्बईमा गएराति सकिएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ९१ रनले हराएको हो । यो चौथो जित पछि चेन्नाई ८ अंकसहित तालिकको आठौं स्थानमा उक्लिएको छ । दिल्ली भने १० अंकका साथ पाचौं स्थानमा छ ।

चेन्नाईले दिएको २०९ रनको लक्ष्य पछ्याएको दिल्लीले ११७ रन मात्रै बनाउन सक्यो । दिल्लीका लागि मिचेल मार्सले सर्वाधिक २५ रन बनाउँदा ऋषभ पन्तले २१ रनको पारि खेले ।

यस्तै डेभिड वार्नर १९ रन बनाएर आउट भएका थिए । चेन्नाईका मोइन अलिले ३ विकेट लिँदा, ड्वान ब्राभो, मुकेश चौधरी र सिमरजित सिंहले दुई दुई विकेट लिए ।

पहिला ब्याटिङ गरेको चेन्नाईले निर्धारित ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाएको थियो । चेन्नाईका लागि डेवन कोनवेले ८७ रनको अर्धशतकीय पारि खेल्दा ऋतुराज गायकवाडले ४१ रन बनाएका थिए ।

शिबम दुवेले ३२ रन जोड्दा कप्तान महेन्द्रसिंह धोनीले ८ बलमा २१ रनमा नटआउट रहे । एनरिच नोट्जेले सर्वाधिक ३ विकेट लिँदा खलिल अहमदले २ विकेट लिए ।

प्रतिक्रिया