१३७औँ फाल्गुनन्द जयन्ती आज, प्रदेश १ मा सार्वजनिक विदा

नेपालखोज २०७८ कार्तिक २५ गते ८:०६

काठमाडौं । महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापा लगायत पूर्वी पहाडी जिल्लामा विभिन्न कार्यक्रम गरी हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्तीलाई विषेश महत्वका साथ मनाउने गरिन्छ ।

किराँत धर्मावलम्बीका गुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्ने दिनका रूपमा आजलाई लिइन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १३७ औँ फाल्गुनन्द जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छिन् ।

राष्ट्रपतिले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने उनको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास समेत व्यक्त गरिन् ।

यसैबिच प्रदेश १ सरकारले आज आफ्नो प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया