सागकी स्वर्ण पदक विजेता सन्जुद्वारा आत्महत्या
नेपालखोज
२०७९ वैशाख २७ गते १०:०८

काठमाडाैं । १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरीको निधन भएको छ ।
नेपालमा २०१९ मा भएको सागमा महिला ५९ केजी तौल समूहमा श्रीलंकाकी खेलाडी आरएमएनएस राजपाक्ष्यालाईलाई हराउँदै उनले स्वर्ण जितेकी थिइन् । सागमा भारत्तोलनमा स्वर्ण पदक जित्ने उनी पहिलो महिला नेपाली खेलाडी हुन् ।
सन्जुले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । उनी आफु बस्ने कोठामा नै मृत अवस्थामा फेला परेकी हुन् । पुलिसले प्रारम्भिक अवस्था हेर्दा आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया