एमाले सधैँ विकासको पक्षमा : अध्यक्ष ओली
नेपालखोज
२०७९ वैशाख २७ गते १५:४२

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधै विकासको पक्षमा रहेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा आज आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा देशको विकास नेकपा एमालेले मात्रै गरेको उनको दाबी थियो ।
अन्य दलहरु विकासमा पछि रहेको र आफनो पार्टीे विकासको पक्षमा लागेको उनको भनाइ थियो । उनले भने, ‘जनताले विकास र समृद्धि गर्ने पार्टी एमालेलाई फेरि पनि मत दिए विकास अझै अघि बढ्नेछ ।’
गठबन्धन स्वार्थका लागि भएको उनको भनाइ थियो । एमाले सबै किसिमका गठबन्धन र षडयन्त्रविरुद्ध लड्न सक्षम भएको उनको दाबी थियो । दमकको पशुहाटमा आयोजित नगरस्तरीय आमसभालाई सम्बोधनका क्रममा उहाँले यहाँको पुल पुलेसा, बाटो घाटो लगायतका विकासमा एमालेको नेतृत्व रहेको बताए ।-रासस
सम्बन्धित

प्रतिक्रिया