आचारसंहिता उल्लंघनका २०५ घटना, ५३ जनालाई सोधियो स्पष्टीकरण
नेपालखोज
२०७९ वैशाख २७ गते २०:५२
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका २०५ घटना भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता लागू भए पछि २०५ वटा आचारसंहिता उल्लंघनका घटना भएको, ५३ जनालाई स्पष्टीकरण सोधिएको र १४ संस्थालाई सचेत गराएको बताएका हुन्। निर्वाचन आयोगले गत चैत २५ गतेदेखि आचारसंहिता लागू भएको जनाएको थियो।
यस्तै, आयोगले मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएको र यो अधिकारको प्रयोग गर्न शुक्रबार हुने स्थानीय तह सदस्यको निर्वाचनमा कसैको डर, धाक, धम्की र त्रास नमानि निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोग सम्पूर्ण मतदाताहरुलाई अपिलसमेत गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया