सोमबार, पुष २९, २०८१

चितवनमा कृषि-पर्यटन क्षेत्रमा मौसमको पूर्व सूचना दिने प्रणालीको तयारी

नेपालखोज २०७७ माघ ३ गते ९:५५

चितवन । चितवनमा कृषि र पर्यटनको क्षेत्रमा मौसमको पूर्वसूचना दिने प्रणालीको व्यवस्थापन गरिने भएको छ । कृषि र पर्यटन क्षेत्रको हवको रूपमा जिल्ला रहेकोले यूके एड अन्तर्गतको इसिमोड र विभिन्न सरकारी निकायको साझेदारीमा ‘पाइलट प्रोजेक्ट’का रुपमा यस्तो सूचना प्रणालीलाई अबलम्बन गर्न लागिएको हो ।

Advertisement

कृषि ज्ञान केन्द्र चितवनसँग सहकार्य गर्न इसिमोडले सम्झौतासमेत गरिसकेको छ । जिल्लाका सातवटै स्थानीय तहका कृषि अधिकृतसँग मौसम सूचना प्रणाली र यसको प्रयोगबारेमा अन्तरक्रियासमेत भैसकेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिए ।

मौसम सम्बन्धी पूर्वजानकारी दिन जिल्लाका कृषि क्षेत्रका विज्ञ, मौसम सम्बन्धी प्राविधिक र सातवटै स्थानीय तहका कृषि प्रमुखहरू रहेको डिजिटल एग्रो एडभाइजरी बोर्ड गठन हुनेछ । बोर्डले जिल्लाको कुन स्थानीय तहको मौसमको पूर्वानुमान गरेर सो अनुसारको जानकारी किसानहरु समक्ष पु¥याउने कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले बताए ।

प्रतिक्रिया