चारवटा प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको तथा चक्रवात ‘असानी’ हाल पश्चिम-मध्य बंगालको खाडीमा रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेकोछ भने प्रदेश १ का एक-दुई स्थानहरूमा मेघ/गर्जनसहित वर्षा भइरहेको विभागले जनाएकाे छ ।
आज दिउँसो प्रदेश १ र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
त्यस्तै आज राति प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेश सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया