शनिबार, वैशाख ८, २०८१

खुल्यो रिभर फल्स पावरको आईपीओ !

नेपालखोज २०७९ वैशाख २८ गते ७:३८

काठमाडाैं । रिभर फल्स पावर लिमिटेडले आजदेखि सर्वसाधारणको लागि प्राथमिक सेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २५ लाख ३८ हजार ९०० कित्ता सेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ३५ करोड ७० लाख रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई ७ करोड रुपैयाँ र सर्वसाधारणलाई २७ करोड ३० लाख रुपैयाँ गरी ३४ करोड ३० लाख रुपैयाँ बराबरको शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ पुग्नेछ 

प्रतिक्रिया