शनिबार, जेठ ४, २०८२

बुधबारदेखि ६ दिन शैक्षिक संस्था बन्द

नेपालखोज २०७९ वैशाख २८ गते १३:०९

काठमाडौं । स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै ६ दिनसम्म शैक्षिक संस्था बन्द गरिने भएका छन् । पालिका चुनावका लागि विद्यालय तथा कलेज आज (बुधबार)देखि शुक्रबारसम्म बन्द हुने भएका छन् । ३१ गते शनिबार परेको छ ।

जेठदेखि शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णयअनुसार १ गते आइतबार पनि बिदा हुने भएको छ । जेठ २ गते बुद्धजयन्ती परेको छ । आजदेखि बन्द भएका विद्यालय जेठ ३ गते मात्रै खुल्ने शिक्षा विभागले जनाएको छ ।

प्रतिक्रिया